काठमाडौँ। चलचित्र ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार बाबुल गिरी र रचना रिमालको स्वर रहेको गीत सार्वजनिक गरेको हो। यसको भिडियोमा चलचित्रका प्रमुख कलाकार अभिनेता विराज भट्ट र अभिनेत्री सुपुष्पा भट्ट फिचर्ड छन्।
यसको भिडियोका कोरियोग्राफर सियोन श्रेष्ठ हुन्। गीतको शब्द डा. डीआर उपाध्यायको हो भने संगीत गायक बाबुल गिरी स्वयंको रहेको छ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुति रहेको ‘राम नाम सत्य’ नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। माइकल चन्दको निर्देशनमा बनेको चलचित्रमा विराज र सुपुष्पाका साथमा सुशील क्षेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ। उपेन्द्र शाही र श्वेता बिमली फिल्मको निर्माता हुन्। मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्र एक्सन, लभ र सस्पेन्स कथामा बनेको छ।









