पत्रकारका लागि साइबर सुरक्षा सम्बन्धीे तालिम

पोखरा ।
साइबर सुरक्षा सम्बन्धी तिन दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना , प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा कास्कीमा क्रियाशिल पत्रकारहरुका लागि तालिम सञ्चालन गरिएको हो ।
तालिमको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डिजिटल युगमा साइबर अबराध चुनौतीको रुपमा रहेकोले यसबाट बच्न हरेक व्यक्तिलाई साइबर सुरक्षाबारे जानकारी हुन पर्ने बताईन् ।
सञ्चार माध्यममा आवद्घ पत्रकारहरुलाई लक्षित गरि आयोजना गरिएको तालिमले सञ्चार जगतलाई मात्र नभएर समाज र राज्यसंयन्त्रलाई पनि साइबरजन्य अपराध बाट बच्न तथा डिजिटल सुरक्षा अप्नाउन सहयोग पुग्ने उल्लेख गरिन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल तालिमले पत्रकार स्वयम्लाई डिजिटल प्रविधि मार्फत हुने ठगी र सुरक्षा चुनौतीबाट बच्न टेवा पुग्ने बताउँदै तालिमको शुभकामना दिए ।
क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणानिधि पाण्डेले अहिलेको युगमा साइबर सुरक्षा तालिम निकै महत्वपूर्ण भएको बताउदै पत्रकार महासंघ कास्कीलाई तालिम आयोजना गरि आफ्नो संस्थालाई पनि जोडेकोमा खुसी व्यक्त गरे ।
साइबर सुरक्षा सम्बन्धी सहजिकरण गर्दै गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उप प्राध्यापक ई.सन्तोष पन्थले ससाना आफैले अप्नाउन सकिने साबधानी नअप्नाउर्दा धेरै व्यक्ति साइबर अपराधको सिकार हुनु परेको बताउदै डिजिटल सिकारबाट बच्न पहिला आफै सजग हुन पर्ने बताए ।
उनले इन्टरनेटका माध्यमबाट हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण, अनाधिकृत पहँुच जस्ता जोखिमबाट बच्ने प्रक्रिया र उपायबारे जानकारी गराए ।
तालिममा बैकिंङ सम्बन्धी डिजिटल सुरक्षाका बारेमा नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकालले सहजिकरण गरे ।
तिन दिन सम्म सञ्चालन हुने तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्घ ७० जना पत्रकार एवम् सञ्चारकर्मीको सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सुरु भएको तालिममा स्वागत उपाध्यक्ष माधवप्रसाद रेग्मी र सञ्चालन सहसचिव मधु अधिकारीले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20948, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो









