धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

धादिङबेशी । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानी खुर्सानीटारमा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मंगलबार अपराह्न स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायण पूजा भइरहेका बेला घर नजिकै चट्याङ परेको थियो। चट्याङ लागेर घाइते भएकामध्ये शहीद लखन गाउँपालिका–८ गोरखाकी करिब १३ वर्षीया विनिसा घर्ती मगरलाई उपचारका लागि आरुघाट स्वास्थ्य केन्द्र पु¥याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपि प्रकाश दहालले जानकारी दिनुभयो ।
त्यस्तै, मृतककी दिदी करिब १५ वर्षीया दीक्षा घर्ती मगर र भिमसेन थापा गाउँपालिका–६ निवासी २४ वर्षीय बिरेन्द्र थापा मगर सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








