निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गंभिर बन्नु पर्छ- पूर्व प्रधानमन्त्री ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गंभिर बन्नु पर्ने बताउनु भएको छ ।
शुक्रबार झापाको दमकमा अनेरास्ववियुले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा उहाँले धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्नु भएको हो ।
मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्ती विघटन गरिए पछि देश संकट तर्फ धकेलिएको अध्यक्ष ओलीको भनाई थियो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने ओलीले बताउनु भयो । चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा उहाँले युवाहरुलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरु चिर्ने काममा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओली समक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासा संवोधन गर्दै उहाँले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने पनि बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








