इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा

इरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनप्रति सरकारले ४० दिन राष्ट्रिय शोक तथा सात दिन सार्वजनिक बिदा घोषणा गरेको जनाएको छ।
फार्स समाचार एजेन्सीका अनुसार खामेनी शनिबार बिहान आफ्नै कार्यालयमा रहँदा मारिएका थिए। उक्त समाचारलाई तस्निम समाचार एजेन्सीले पनि पुष्टि गरेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको अन्तर्वार्तामा खामेनी सुरक्षित रहेको बताएका थिए।
विविसी र अलजजिराले पनि इरानको राज्य टेलिभिजनलाई उद्धृत गर्दै खामेनीको मृत्यु पुष्टि भएको उल्लेख गरेका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20988, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो









