सुनिल शर्मा « रिपोर्टर्स नेपाल

काठमाडौं, फागुन २६ । नेपाली कांग्रेसका नेता सुनिल शर्माले चुनाव हारेपछि आफ्ना अस्पतालमार्फत दिँदै आएको निःशुल्क स्वास्थ्य सेवा बन्द गरेको दाबीसहितको सूचना गलत भएको स्पष्ट पारेका छन् ।
शर्माले आज आफ्नो फेसबुकमार्फत बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आफूले सञ्चालन गर्दै आएका नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमार्फत विगतदेखि नै नागरिकहरूलाई दिदै आएका छुटदेखि निःशुल्क उपचारसम्मका स्वास्थ्य सेवाहरू नियमित उपलब्ध गराउँदै आएको स्पष्ट पारेका छन् ।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राखेर यस्ता सेवा प्रदान हुँदै आएको छ र सम्बन्धित वडाहरू तथा जिल्लाहरूमा आधिकारिक प्रक्रिया मार्फत सेवाहरू उपलब्ध गराइँदै आएको छ ।
फेसबुक पोस्टमा उनले चुनाबी परिणाम र सामाजिक सेवाबिच कुनै सम्बन्ध नभएको समेत स्पष्ट पारेका छन् । “चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबिच कुनै सम्बन्ध हुँदैन,” उनले लेखेका छन् ।
शर्माले नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा प्रदान गर्ने कार्य आगामी दिनहरूमा पनि देशभर निरन्तर जारी रहने जानकारी दिएका छन् । साथै सामाजिक सञ्जालमा फैलाइएका हल्ला वा भ्रममा नपर्न र आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका संस्थाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरेका छन् । यससँगै चुनाव हारेपछि उनले अस्पतालको निःशुल्क सेवा बन्द गरेको भन्ने दाबी सत्य नभएको स्पष्ट भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २६, मंगलवार १६:४२वायु प्रदूषण बढ्दै गएपछि सतर्क रहन विज्ञहरुको आग्रह
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २६, मंगलवार १३:४७चलचित्र ‘एक भगवत एक गीता’ यु ट्युवमा रिलिज
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन २६, मंगलवार १०:३१सुनिल शर्मा « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २६, मंगलवार ०९:४२चलचित्र विकास बोर्डको संग्रहालयका लागि १७१ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण








