कान्स फिल्म फेस्टिभलमा नेपाल : ७९औँ संस्करणमा औपचारिक सहभागिता

कान्स फिल्म फेस्टिभलमा नेपाल : ७९औँ संस्करणमा औपचारिक सहभागिता



काठमाडौँ।
विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा नेपालले औपचारिक सहभागिता जनाउने भएको छ। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच बढाउने उद्देश्यसहित चलचित्र विकास बोर्ड ले आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्समा आयोजना हुने उक्त महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरेको हो।

यसपटक महोत्सवमा चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्ड को सहकार्यमा विशेष ‘नेपाल पवेलियन’ (स्टल/बुथ) समेत रहनेछ। उक्त स्टलमार्फत नेपाली चलचित्र, फिल्म परियोजना, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय फिल्म बजारका वितरक, निर्माता, फिल्म फन्ड, फेस्टिभल प्रतिनिधि तथा दर्शकसमक्ष प्रस्तुत गरिनेछ।

बोर्डका अनुसार महोत्सवमा व्यक्तिगत रूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीहरूले पनि बोर्डको साझा स्टल प्रयोग गरी आफ्ना फिल्म तथा परियोजनाहरू अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्नेछन्। यसले नेपाली चलचित्रलाई विश्व फिल्म बजारसँग जोड्ने महत्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

चलचित्र विकास बोर्डले यस पहललाई नेपाली फिल्म उद्योगलाई विश्व फिल्म मञ्चमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ।

साथै, कान्स फिल्म फेस्टिभलमा सहभागी हुन इच्छुक नेपाली चलचित्रकर्मीहरूलाई बोर्डसँग समन्वय गरी आफ्ना फिल्म तथा प्रचार सामग्री प्रदर्शन गर्न अनुरोध गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   9   =  

Protected by Spam Master