चलचित्र ‘एक भगवत एक गीता’ यु ट्युवमा रिलिज

चलचित्र ‘एक भगवत एक गीता’ यु ट्युवमा रिलिज

काठमाडौँ। चलचित्र ‘एक भगवत एक गीता’ यु ट्युवमा रिलिज भएको छ। झरना थापाको निर्देशनमा तयार भएको फिल्मले तेस्रो लिङ्गीको कथा भन्छ । विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्काको मुख्य अभिनय फिल्ममा छ । चलचित्र ओएसार मुभिजको अफिसियल यु ट्युव च्यानल मार्फत रिलिज गरिएको हो।

अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतले अभिनय गरेका छन्। सुहाना इन्टरटेनमेन्ट र सुनील कुमार थापा प्रोडक्सनको ब्यानरमा सुनीलकुमार थापाद्वारा निर्मित फिल्ममा कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशन झरना थापाको छ भने झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा, परिक्षेद र पुरुषोत्तमको संवाद, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत, शंकर अधिकारी ‘घायल’ को शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, राजेश श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   3   =  

Protected by Spam Master