सुनचाँदीको भाउ ओरालो: तोलामा २,२०० रुपैयाँले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो भने चाँदीको भाउ पनि ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको ३ लाख ९ हजार ९ सय रुपैयाँभन्दा कम हो। त्यस्तै, चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घट्दै ५ हजार १५० रुपैयाँ कायम भएको छ।
यसअघि माघ १५ गते सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।
सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्य मात्रै करिब ३२ हजार रुपैयाँले घटिसकेको छ।
बजारमा पछिल्लो समय आएको गिरावटले सुनचाँदीको मूल्य निरन्तर घट्दो क्रममा रहेको देखिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21067, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २, बुधबार ०५:२३पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवा सुरु
समाचार२०८३ बैशाख १, मंगलवार १९:१३नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
समाचार२०८२ चैत्र ३०, सोमबार २३:०४ब्राउनसुगरसहित तीन जना पक्राउ
समाचार२०८२ चैत्र ३०, सोमबार २२:४८हेमजा आलु महोत्सवमा लन्डन ब्रिज झल्को दिने आकृति प्रमुख आकर्षण







