सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयाेगकाे बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौँ -राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयाेगकाे आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेश गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधिश प्रकाशमानसिंह राउतले सो प्रतिवेदन पेश गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले संविधान र कानूनका अगाडि सबै समान र सबैको समान संरक्षण भन्ने न्यायिक मुल मन्त्र साकार पार्न न्याय प्रशासनलाई छिटो, छरितो, पहुँच योग्य र जनउत्तरदायी बनाई न्यायपालिकाप्रतिको जनआस्था र विश्वास दरिलो बनाउन सके न्यायपालिकाको मूल्यमान्यता सँधै जीवन्त रहिरहन्छ भन्नुभयो ।
उहाँले पछिल्लो समय समग्र न्यायिक प्रक्रियामा आधुनिक तथा समसामयिक विधि र पद्धतिको अभ्यास हुन थालेको तथा सूचना प्रविधिको प्रयोगले मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मको समग्र न्यायिक प्रक्रियामा सहजता तथा पारदर्शिता कायम हुन गएको छ, यी प्रयासहरु वास्तवमै अनुकरणीय छन् भन्नुभयो ।
“समाजमा बढ्दो अमर्यादा र आरोप प्रत्यारोपले चौतर्फीरुपमा परोक्ष र प्रत्यक्ष प्रभाव पारिरहेको भएपनि न्यायिक सुशासन कायम गर्नेतर्फ अभयपूर्वक सदैव अग्रसर हुनुको विकल्पसमेत नरहेको हुँदा विभिन्न प्रतिवेदनहरूमा उठाइएका महत्वपूर्ण सुझाव लगायतका विषयहरूलाई प्रभावकारी रुपमा सम्बोधन गर्न साथै न्यायिक स्वतन्त्रतासंगै न्यायिक उत्तरदायित्वलाईसमेत मजवुत बनाउन उचित कदम चाल्नुपर्नेतर्फ न्यायपालिकाको नेतृत्व केन्द्रित हुनुपर्ने ठान्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
जस्तोसुकै परिस्थितिमा पनि न्यायिक कामकारवाहीमा कुनै प्रकारको प्रतिकुल असर पर्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको उहाँको भनाई थियो । “ अदालतमा अभिलेखकोरुपमा रहेका महत्वपूर्ण ऐतिहासिक दस्तावेज एवम् पूरातात्विक महत्वका संरचनाहरु नष्ट हुँदा न्यायपालिकालाई ठूलो क्षति भएपनि त्यसको यथाशिघ्र परिपूर्ति हुन वाञ्छनिय देख्दछु”, उहाँले भन्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ११, बुधबार १८:५२सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयाेगकाे बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
समाचार२०८२ चैत्र ११, बुधबार १६:१३जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य केसी
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र ११, बुधबार ०९:३०कीर्तिपुरमा ६८ काग मृत फेला, बर्डफ्लु संक्रमण पुष्टि
खेलकुद२०८२ चैत्र ११, बुधबार ०८:३५साम्बाले न्युजिल्यान्डमै गरिन् घुँडाको शल्यक्रिया, यस्तो छ कतार नजानुको कारण







