काठमाडौँ। मकवानपुरको हेटौंडालाई स्थायी बसोबास बनाउँदै आएका सुरज गौतमले करिब ८ वर्षअघि गायिका कुन्ती मोक्तानको गीतमार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेका थिए। सुरुदेखि नै कला क्षेत्रमा रुचि राख्दै आएका गौतमले अहिले मोडलिङसँगै अभिनय यात्रालाई पनि सँगसँगै अघि बढाइरहेका छन्।
उनले आफ्नो करियर विस्तार गर्ने क्रममा चलचित्र ‘यात्रा’मा समेत काम गरिसकेका छन्, जसले उनलाई अभिनय क्षेत्रमा थप अनुभव दिलाएको छ। कला क्षेत्रप्रतिको मोहका कारण उनले आफ्नो व्यवसायसँगै मनोरञ्जन क्षेत्रलाई पनि निरन्तरता दिने योजना बनाएका छन्।
आकर्षक व्यक्तित्व, राम्रो बडी र क्युट अनुहारका कारण उनी दर्शकमाझ छिट्टै चिनिन सक्ने छन्। आगामी दिनमा नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा अझ सक्रिय रूपमा लाग्ने उनको भनाइ छ। हेटौंडामा नै बसेर अलिक काम गर्न सहज नभएकोले अब छिट्टै काठमाडौँनै बसेर चलचित्र तथा मोडलिङ क्षेत्रलाइ अघि बढाउने योजनामा उनि रहेका छन्।









