लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरहरुका लागी रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
औपचारीक शिक्षा हासिल नगरेतापनि कार्य अनुभवका कारण सिप र दक्षता भएकाहरुलाई कसरी रोजगारीको क्षेत्रमा ल्याउन सकिन्छ भन्ने विषयमा अन्र्तक्रिया गरिएको हो ।
कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले हातमा सिप भएर पनि रोजगारिको क्षेत्रमा राज्यका सेवा सुविधाबाट बञ्चित भईरहेका व्यक्तिहरुका लागि कार्यक्रम फलदायी हुने वताउँदै यसबाट उद्योगी व्यवसायीहरु समेत लाभान्वित हुने वताएकी थिईन ।
उक्त अवसरमा समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उप–सचिव तोयानाथ लम्सालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको नितिगत व्यवस्था, सिप परिक्षणका लागी तिन तहका सरकारले गर्न सक्ने काम र प्रदेशमा पूर्व सिकाइको मान्यताको आधारमा सिप परिक्षणको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए ।
प्रदेशमा यसरी सिप परक्षिण गरेर दक्षताको प्रमाणपत्र लिनेमा आ.व. २०७९/०८० मा १ सय ३३ जना, आ.व. २०८०/०८१ म १सय ९४ जना र आ.व. २०८१/०८२ मा ३ सय ४९ जना रहेको जानकारी गराएका थिए ।
यस्तै नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना गण्डकी प्रदेशका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सिनाले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको सान्र्दभिकताको विषयमा र पोखरा महानगरपालिका व्यवसाय प्रर्बद्धन केन्द्रका नवराज अधिकारीले सिप परिक्षा उर्तिण व्यक्तिहरु र रोजगारदाताका लागि अवसर विषयमा प्रशिक्षण दिएका थिए ।
संघका पुर्वअध्यक्ष चतुराखर अधिकारीले कार्यक्रम समय सापेक्ष एवं महत्वपुर्ण रहेको वताउँदै यसले राज्य, निजि क्षेत्र र स्वयंम सिप र दक्षता भएर पनि अवसर पाउन सकेका व्यक्तिहरुका पनि लाभदायक हुने वताएका थिए ।
संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले बजारको आवश्यकता र सम्भावनालाई मध्यनजर गरेर तालिमहरु सञ्चालन गनुपर्नेमा जोड दिंदै उसो गर्न नसके अस्वस्थ प्रतिष्पर्धा जस्ता दुष्परिणाम निम्तने सक्ने वताएका थिए ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य विरेन्द्रराज भुर्तेलले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21218, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १९, बिहीबार १२:४६लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया
समाचार२०८२ चैत्र १८, बुधबार १८:५९प्रतिभामा युकेजीका ७३ जना बालबालिका दीक्षित
समाचार२०८२ चैत्र १७, मंगलवार १९:४४सहारा विद्यालयको २९औँ वार्षिकोत्सव सम्पन्न
समाचार२०८२ चैत्र १७, मंगलवार १९:३१याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा






