पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ ।
उक्त कम्पनीले पोखरा स्पोर्टस् अवार्डको महत्वपूर्ण विधा पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टिभिएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो । सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका तर्फबाट अध्यक्ष एमबि आस्था र गुरुङ गहना घर प्रालिका तर्फबाट संचालक सीमा गुरुङबीच सहमतिपत्रमा हस्ताक्षर भयो ।
सो अवसरमा संचालक गुरुङले खेलाडी भनेका देशकै गहना भएकाले आफूले सहयोग गर्न चाहेको बताइन् । हालै मात्र नेपाली फुटबल साम्बाले उपचार सहयोगार्थ गरेको याचनाले आफू संवेदनशील बनेको उल्लेख गर्दै खेलाडीको सम्मानमा हुन लागेको पोखरा स्पोर्टस् अवार्डमा जोडिएको बताइन् । आफू विदेश नगई स्वदेशमै केही गर्न चाहेकाले व्यवसायमा हात हालेको जानकारी दिइन् । मानिसले चाहेमा स्वदेशमै पनि प्रगति गर्न सकिने उनको भनाइ थियो ।
सहयोगप्रति मञ्चका अध्यक्ष एमबि आस्थाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । सो अवसरमा मञ्चका महासचिव परशुराम शर्माले संचालन र धन्यवाद ज्ञापन उपाध्यक्ष राजाराम पौडेलले गरे ।
आगामी वैशाख १८ गते हुने उक्त अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मूल आयोजक समिति अध्यक्ष समेत रहेका मञ्च अध्यक्ष एमबि आस्थाले जानकारी दिए ।
गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकीसहित कास्कीका पोखरा महानगरसहित पाँचै वटा पालिकाको विशेष सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21224, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २०, शुक्रबार ०६:१३पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन
समाचार२०८२ चैत्र १९, बिहीबार १६:१२सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप
समाचार२०८२ चैत्र १९, बिहीबार १२:४६लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया
समाचार२०८२ चैत्र १८, बुधबार १८:५९प्रतिभामा युकेजीका ७३ जना बालबालिका दीक्षित





