नृसिंहदेव रथयात्रा सम्पन्न, सल्यानटार महा–महोत्सवको तयारी तीव्र

धादिङ, चैत्र २३ गते ।
गत चैत्र १ गतेदेखि सुरु भएको ऐतिहासिक नृसिंहदेव रथयात्रा गोरखा सदरमुकाम पुगेर भव्य रूपमा समापन भएको छ। नेपालको पूर्वी सीमा मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा तय गरी भगवान नृसिंहको रथ २२ दिनपछि गोरखा पुगेको हो।
आगामी २०८३ साल जेठ महिनामा धादिङको सल्यानटारमा आयोजना हुन लागेको ’श्री नृसिंहधाम पुरुषोत्तम महा–महोत्सव’ को प्रचारप्रसार गर्ने र देशका कुनाकुनामा पुगेर भक्तजनहरूलाई स्वयम् नृसिंहदेव भगवानको दर्शन गराउने मुख्य उद्देश्यका साथ यो रथयात्रा सञ्चालन गरिएको थियो।
नृसिंहधाम क्षेत्रका पीठाधीपति डा. श्री श्रीवास कृष्णदास ब्रह्मचारीको नेतृत्वमा रहेको १५ जनाको टोलीले सुदूरपश्चिमको चाँदनी दोधारादेखि पूर्वको केचनासम्मको यात्रा सफलतापूर्वक पूरा गरेको छ।
टोलीमा नृसिंहधाम समितिका सदस्यहरू, मिडियाकर्मी र बटुकहरूको सहभागिता रहेको थियो। रथयात्राका क्रममा देशका विभिन्न भूभागमा पुगेर टोलीले भगवानको आरती, भजन–कीर्तन र प्रवचन जस्ता आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरेको थियो भने स्थानीय भक्तजनहरूमाझ महा–महोत्सवका प्रचार सामग्री समेत वितरण गरिएको थियो।
यो यात्राले आगामी वर्ष धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंह धाम क्षेत्रमा हुने पुरुषोत्तम महा–महोत्सवको विशेष सन्देश प्रवाह गरेको छ।
उक्त महोत्सवमा १०८ तीर्थ योग्यको समापन, स्नान यज्ञ तथा विशेष कथा वाचन हुनेछ। साथै, देशभरका १०८ तीर्थस्थलबाट संकलन गरिएको पवित्र जललाई प्रसादीका रूपमा वितरण गरिने कार्यक्रम समेत तय गरिएको छ।
आयोजकले यस महोत्सवलाई नेपालको इतिहासकै सबैभन्दा ठूलो कार्यक्रमका रूपमा व्याख्या गर्दै यस्तो भव्य आध्यात्मिक अनुष्ठान यसअघि कहिल्यै नभएको र आगामी दिनमा पनि दुर्लभ रहने दाबी गरेका छन्। गोरखामा भएको समापन समारोहले सल्यानटारमा हुने महा–महोत्सवका लागि देशव्यापी रूपमा ठूलो उत्साह जगाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार








