‘राम नाम सत्य’को प्रचारमा आयुष, भन्छन्– “फिल्मप्रति निकै उत्साहित छु”

काठमाडौँ। टिकटकमार्फत दर्शकमाझ लोकप्रियता कमाएका आयुष सिंह ठकुरी अब नेपाली चलचित्र क्षेत्रमा पनि देखिन थालेका छन्। माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘राम नाम सत्य’बाट उनले अभिनय यात्रा सुरु गरेका हुन्। उक्त फिल्म चैत्र २७ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदैछ।
फिल्म प्रदर्शन हुन केही दिनअघि आयोजित मिडिया अन्तरक्रियामा सहभागी भएका आयुषले फिल्मप्रति आफू निकै उत्साहित रहेको बताए। उनले भने, “कथावस्तु मन परेकै कारण मैले यो फिल्म रोजेको हुँ। अन्य फिल्मका प्रस्तावहरू पनि आएका थिए, तर ‘राम नाम सत्य’को कथा विशेष लाग्यो र काम गर्न तयार भएँ।”
फिल्ममा आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने उनको भनाइ छ। आयुषले थपे, “ट्रेलरमा मेरो एउटा संवाद समावेश गरिएको छ। ट्रेलर सार्वजनिक भएपछि मेरो परिवार र आफन्तले समेत मेरो आवाज चिन्न सक्नुभएन। पछि मैले नै त्यो संवाद मेरो हो भनेपछि उनीहरू अचम्ममा पर्नुभयो। यस फिल्मका लागि मैले निकै मेहनत गरेको छु।”
फिल्मको व्यापारबारे भने अहिले नै सोचिनसकेको आयुषको भनाइ छ। उनका अनुसार, सुरुमा दर्शकले आफ्नो काम मन पराउनु नै महत्वपूर्ण हो। टिकटकमा लाखौँ फलोअर्स भएका आयुषलाई ती दर्शकलाई हलसम्म ल्याउने चुनौती भने छ। यसबारे उनले भने, “विदेशमा रहेका नेपालीहरूले पनि आफ्ना आफन्त र साथीहरूका लागि टिकट किनिदिने तथा हल बुक गरिदिने कुरा गर्नुभएको छ। यसले दर्शकमा फिल्मप्रति उत्साह रहेको देखाउँछ।”

उनले ‘राम नाम सत्य’को सिक्वेल पनि बन्ने जानकारी दिए। आयुषले भने, “फिल्मको सिक्वेल आउनेछ। त्यसमा मेरो भूमिका कस्तो हुन्छ भन्ने जान्न पनि दर्शकले पहिलो भाग हेर्नैपर्छ।”
आयुषले यस फिल्मका लागि आफूले शतप्रतिशत मेहनत गरेको बताउँदै कथा बलियो र सस्पेन्स–थ्रिलर शैलीले भरिएकोले दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास व्यक्त गरे।
भविष्यमा पनि निरन्तर फिल्म क्षेत्रमा अघि बढ्ने संकेत गर्दै उनले भने, “अझै धेरै सिक्न र मेहनत गर्न बाँकी छ। हतारमा काम गर्ने सोच छैन, तर अब यही क्षेत्रमा निरन्तर अगाडि बढ्छु।”
उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा बनेको ‘राम नाम सत्य’मा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार र खुशी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १६, बुधबार २०:०५काठमाडौँ जिल्लाका सबै सुकुम्बासी बस्ती बैशाख १८ गतेदेखि खाली गरिने
खेलकुद२०८३ बैशाख १६, बुधबार १४:४८स्मार्ट लाइसेन्स छपाइमा उल्लेख्य प्रगति
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १६, बुधबार १०:५२बीपी कोइराला अस्पतालको अध्यक्ष पद खुला आवेदनबाट चयन गरिने,यी हुन् आवश्यक याेग्यता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २३:०४‘गौथली’ नयाँ स्वरूपमा पुनः आउँदै, साउन १ गतेदेखि प्रदर्शन








