हिजो दिल्लीको पहिलो हार–गुजरातको पहिलो जित, आज कोलकाता र लखनउ भिड्दै

काठमाडौं, चैत २६ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाईटान्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । गएराति भएको खेलमा गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो । जितसँगै दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ । हिजोको खेलमा गुजरातका राशिद खानले तीन विकेट लिए भने प्रसिद्ध कृष्णाले दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर २१० रन बनाएको थियो । गुजरातका कप्तान शुभमन गिलले ७० रनको अर्धशतकीय इनिङ खेले । दिल्लीका मुकेश कुमारले दुई विकेट लिए भने लुगिं एनगिडी र कुलदीप यादवले समान एक विकेट लिए ।
प्रतियोगितामा पहिलो हार व्यहोरेको दिल्लीले तीन खेल खेल्दा दुई जित र एक हारसिहित चार अंक जोडेको छ ।
आईपीएलमा आज बेलुका पौने ८ बजे ईडन गार्डनमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स भिड्दैछन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २६, बिहीबार १९:२३नेपाली सेनाका नयाँ अधिकृतहरुलाई राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री शाहको आग्रह
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २६, बिहीबार १८:१४‘मालती मंगले’को टिजर सार्वजनिक | Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २६, बिहीबार १०:४६बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २६, बिहीबार ०९:३१अष्ट्रेलियामा नेपाली नयाँ वर्षको अवसरमा गायिका अन्जु पन्तको सांगीतिक प्रस्तुति








