‘परालको आगो’को ‘निम्तो सुपारी’ सार्वजनिक

‘परालको आगो’को ‘निम्तो सुपारी’ सार्वजनिक

काठमाडौं।  लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

सत्य–स्वरुपको संगीत रहेको गीतमा सत्य र मेलिना राईको स्वर छ भने शब्द सुरेन्द्र रानाको रहेको छ । गीतमा कलाकार प्रकाश सपुत र सुहाना थापा जोडीका रूपमा देखिएका छन् । साथै, सौगात मल्ल र सिर्जना अधिकारी पनि जोडीकै रूपमा प्रस्तुत भएका छन् ।

ग्रामिण परिवेशमा छायांकन गरिएको गीतमा कलाकारहरूको केमेस्ट्री आकर्षक देखिन्छ । गीतको नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

यसअघि फिल्मको ‘उडि जाऊँ भने, म पंक्षी होइन’ बोलको गीतले दर्शकमाझ चर्चा पाएको थियो । गुरुप्रसाद मैनालीको कृतिबाट प्रेरित फिल्ममा किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मञ्जिल बानियाँको पनि अभिनय छ।

हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलले निर्माण गरेको फिल्म ‘परालको आगो’ आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   6   =  

Protected by Spam Master