धादिङमा उत्कृष्ट १० कृषि उद्यमी सम्मानित, व्यावसायिक कृषिमा जोड

धादिङबेशी । एक्सन नेपालको आयोजना तथा हेफर इन्टरनेशनल र नीलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको “कृषि उद्यम द्रुतीकरण कार्यक्रम–२०८२” अन्तर्गत उत्कृष्ट १० कृषि उद्यमीलाई सम्मान गरिएको छ। कार्यक्रममार्फत चयन भएका कृषकलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।
कार्यक्रममा ईश्वर अधिकारी, विष्णु बहादुर बस्नेत, रोशिका गुरुङ, अन्नपूर्ण श्रेष्ठ, दुर्गा प्रसाद लम्साल, शारदा नेपाल, बिमला कोइराला, दिल बहादुर श्रीमल, रामकुमार श्रेष्ठ र बुद्धि प्रसाद बुर्लाकोटी सम्मानित भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाले कृषि विकासमा स्थानीय किसानको सक्रियता नै मुख्य आधार भएको उल्लेख गर्दै सामूहिक प्रयासबिना दीगो उपलब्धि सम्भव नहुने बताउनुभयो। उहाँले धादिङमा सुरु गरिएको कार्यक्रम सफल भए अन्य जिल्लामा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
कृषि विकास कार्यालय धादिङका प्रमुख गोविन्द प्रसाद पोखरेलले कृषि क्षेत्रमा विभिन्न निकायबाट सहयोग उपलब्ध भइरहे पनि सम्मान र प्रोत्साहनले कृषकलाई थप ऊर्जा दिने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार कृषि पेशालाई सम्मानित बनाउने सरकारी नीतिअनुसार यस्ता कार्यक्रम आवश्यक छन्। साथै, कृषि क्षेत्र बहुआयामिक भएकाले उत्पादनसँगै बजार, प्रविधि र वित्तीय पहुँचको समन्वय जरुरी रहेको उहाँले बताउनुभयो। नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाशकुमार श्रेष्ठले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन उत्पादनसँगै बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले सहकारीमार्फत उत्पादन संकलन, बजारीकरण र भुक्तानी प्रणाली विकास गर्दै किसानलाई बजारको सुनिश्चितता दिलाउने प्रयास भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै सम्मानित कृषक रोशिका गुरुङले तालिम र प्राविधिक सहयोगले आफूलाई व्यावसायिक कृषि तर्फ उन्मुख गराएको बताउँदै वार्षिक रूपमा १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको अनुभव सुनाउनुभयो।
त्यस्तै अर्का कृषक बुद्धि प्रसाद बुर्लाकोटीले विदेशबाट फर्किएर कृषि व्यवसायमा लागेको उल्लेख गर्दै सिकेका ज्ञानलाई समुदायमा बाँड्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा कृषि विकास कार्यालयका प्रतिनिधि, नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखाका पदाधिकारी, बैंक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सभापतित्व एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाले गर्नुभएको थियो।
सम्मान समारोहका केहि झलकहरु
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १७, बिहीबार २१:४४भोलि देशभरका सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन
समाचार२०८३ बैशाख १७, बिहीबार १९:३२रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
समाचार२०८३ बैशाख १७, बिहीबार १०:३३ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
खेलकुद२०८३ बैशाख १७, बिहीबार १०:३१हिजो हैदरावादसँग मुम्बई पराजित, आज गुजरात र बैंगलोर भिड्दै


















