लायन्स क्लब अफ धादिङ मण्डलीको अध्यक्षमा हरिकुमार श्रेष्ठ निर्वाचित

लायन्स क्लब अफ धादिङ मण्डलीको अध्यक्षमा हरिकुमार श्रेष्ठ  निर्वाचित

धादिङबेशी । लायन्स ईन्टरनेश्नल डिष्ट्रीक ३२५ आई अन्तर्गतको लायन्स क्लब अफ धादिङ मण्डलीको लायन वर्ष २०२६/२०२७ का लागि नयाँ नेतृत्व चयन गरिएको छ। शुक्रबार सम्पन्न निर्वाचन कार्यक्रमबाट अध्यक्षमा लायन हरिकुमार श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

क्लवको प्रथम उपाध्यक्षमा लायन ईश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन दिपक ईटनी, सचिवमा लायन प्रदिप ढकाल र कोषाध्यक्षमा लायन दिपक रेग्मी चयन हुनुभएको छ । त्यसैगरि डिजिटल चियरपर्सनमा प्रकाश श्रेष्ठ, सर्भिस चियरपर्सनमा राम बहादुर श्रेष्ठ,मार्केटिङ चियरपर्सनमा प्रल्हाद रिजाल, मेम्बरसिप चियरपर्सनमा हरिशरण श्रेष्ठ चयन हुनुभएको छ ।

क्लबका अध्यक्ष लायन महेश रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिजन ५ का रिजन चेयरपर्सन कृष्ण बद्री पौडेल प्रमुख आतिथ्यता तथा जोन १२ का जोन चेयरपर्सन कृष्ण प्रसाद ढकाल विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा लायन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष लायन बद्री अधिकारी, लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष लायन बिक्रम बि.क.लगाएतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले लायन्स क्लबको उद्देश्य, सामाजिक सेवामा यसको योगदान तथा सेवाभावको महत्वबारे प्रकाश पार्दै नयाँ कार्यसमितिलाई सक्रिय र परिणाममुखी भएर काम गर्न सुझाव दिनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष हरिकुमार श्रेष्ठले आगामी दिनमा समाजसेवा, मानव सेवा तथा समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

लायन्स क्लब अफ धादिङ मण्डलीको अध्यक्षमा हरिकुमार श्रेष्ठ  निर्वाचित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   5   =  

Protected by Spam Master