‘परालको आगो’को बुकिङ खुलेसँगै हलहरूमा उच्च शो

काठमाडौं। यही बैशाख ११ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बुकिङ देशभर खुला गरिएको छ। सोमबारबाट केही हलहरूमा सुरु भएको बुकिङ बुधबार बिहानदेखि भने देशव्यापी रूपमा विस्तार भएको हो।
हालसम्म फिल्मले देशभर एक सयभन्दा बढी शो पाइसकेको छ। दर्शकको चासो र उत्साहलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले फिल्मलाई उच्च शो दिएका हुन्। भोलिसम्ममा शो संख्या अझै बढ्ने अनुमान गरिएको छ।
१३५ मिनेटको रनटाइम रहेको यस फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। सार्वजनिक ट्रेलर र गीतहरूले दर्शकमाझ सकारात्मक चर्चा बटुलेसँगै फिल्मप्रति आकर्षण पनि बढ्दो देखिएको छ।
गुरुप्रसाद मैनालीको कालजयी कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सृजना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा लगानी सुशील पोखरेलले गरेका छन्। पटकथा तथा संवाद सुशील देवकोटाको रहेको छ भने भिएफएक्स समिर मिया र सत्यम रानाले तयार पारेका हुन्।
टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन्। फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको योगदान छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्।
सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण आरआर फिल्मसले नेपालभर गर्नेछ भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









