‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’

‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’

काठमाडौं। ‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ को पहिलो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा आयोजित ग्राण्ड फिनालेमा अस्मिता खत्री (महिला) र महेन्द्र मल्ल (पुरुष) ‘मोडल अफ द इयर’ घोषित भएका छन्।

प्रतियोगितामा सुधा कार्कीले ‘अर्गनाइजर च्वाइस अवार्ड’ जितिन् भने अभि श्रेष्ठ ‘पब्लिक भ्युअर्स च्वाइस अवार्ड’बाट सम्मानित भए। विभिन्न चरणका अडिसन पार गर्दै ग्राण्ड फिनालेमा पुगेका एक दर्जनभन्दा बढी प्रतिस्पर्धीहरूले चर्चित डिजाइनरहरूले तयार पारेका आकर्षक तथा परम्परागत पहिरनहरू प्रदर्शन गरेका थिए।

ड्रिमस्केप प्रोडक्सनद्वारा आयोजित उक्त कार्यक्रमको निर्णायक मण्डलमा मिस नेपाल उषा खड्गी, सञ्चारकर्मी अरुणा भट्टराई, वरिष्ठ दन्त चिकित्सक तथा मिसेस भोग नेपाल डा. सुमि मल्ल, एनके शरद र मेकअप आर्टिस्ट मोमेन्ट शाह कार्की रहेका थिए।

मनोरञ्जनात्मक प्रस्तुतिहरूले सजिएको कार्यक्रममा कोरियोग्राफी आयोजक संस्थाकी प्रमुख इभा क्षेत्रीले सम्हालेकी थिइन्। प्रतियोगिताले नेपालका विविध जातजाति, भाषा–संस्कृति र भेषभूषालाई प्रतिनिधित्व गर्ने फेसन डिजाइनर तथा मोडलहरूलाई एउटै मञ्चमा उतार्दै परम्परागत पहिचानको आकर्षक प्रस्तुति दिएको आयोजकको दाबी छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   5   =  

Protected by Spam Master