काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ । काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ ।
नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको काउन्सिलको दर्ता किताबबाट नाम हटाइएको हो ।यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको छ ।
दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत (ब्रिटिश), अमेरिका , अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ । नाम हटाइएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा.रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा.मेरिना गुरुङ, डा.निरन्जन देव पाण्डे, डा.रोजन केसी, डा.ममता गुरुङ, डा.राजिब हमाल र डा.सलुजा सिंह थारू रहेका छन् ।
त्यसैगरी डा.सुजना के.सी., डा. जोस्ना शाही, डा.। मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा.दिपेन ढकाल र डा.तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ ।
नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ११, शुक्रबार ११:३८काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २२:०३‘कमला मिस’ साउन २२ मा रिलिज, निर शाहको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २१:५७‘एक मुठी बादल’का लागि गौरव बिष्टले ९ केजी तौल घटाए








