ओमानले नेपाललाई दियो ३०६ रनको बलियो लक्ष्य

काठमाडौँ, १६ वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा ओमानले नेपाललाई जितको लागि ३०६ रनको बलियो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको हो । ओमानको इनिङ्सका नायक कप्तान जातिन्दर सिंह बने । उनले आक्रामक शैलीमा ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शानदार शतक पूरा गरे । उनले टोलीलाई मजबुत अवस्थामा पुर्याउँदै ठूलो स्कोरको आधार तयार पारे ।
उनीसँगै मध्यमक्रममा जितेन रमणन्दीले ४३ रन बनाए भने आर्यन बिष्ट ले ३५ रन जोडे । त्यस्तै हमाद मिर्जाले ३० रन जोड्दा आशिष ओडेदाराले २३ रन बनाए । अन्तिम ओभरहरूमा विनायक शुक्ला २३ रन थपे भने वसिम अली १२ रनमा अविजित रहे ।
नेपालका बलरहरूले सुरुवातमा दबाब बनाउन खोजे पनि बीचका ओभरहरूमा ओमानका ब्याट्सम्यान हाबी भए । बलिङतर्फ नेपालका सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरिले समान २/२ विकेट हात पारे । ३०६ रनको लक्ष्य पछाएको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
नेपाल, युएई र ओमानबीचको एकदिवसिय श्रृखलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १७, बिहीबार २१:४४भोलि देशभरका सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन
समाचार२०८३ बैशाख १७, बिहीबार १९:३२रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
समाचार२०८३ बैशाख १७, बिहीबार १०:३३ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
खेलकुद२०८३ बैशाख १७, बिहीबार १०:३१हिजो हैदरावादसँग मुम्बई पराजित, आज गुजरात र बैंगलोर भिड्दै








