स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पक्राउ

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पक्राउ

काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।

उनलाई सोमबार काठमाडौं महानगरपालिका२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरेको हो ।

हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतरद्द भएको थियो ।

उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो । तर, उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीमाथि छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   10   =  

Protected by Spam Master