छैटौं संस्करणको हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन खुला

छैटौं संस्करणको हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन खुला

काठमाडौं । छैटौं संस्करणको हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को छैटौं संस्करण आयोजना हुने भएको हो । आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन खुला गरेको जानकारी दिएको छ ।

राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको अवार्डका लागि यही वैशाख २१ गते सोमबारबाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभएको छ । अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार २०८२ वैशाख एक गतेदेखि चैत मसान्तसम्म (एक वर्षभित्रमा) बजारमा आएका गीत, संगीतका स्रष्टा एवं प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ ।

गीत तथा सिर्जनाहरू दर्ता गर्न आवेदनको अन्तिम म्याद जेठ १५ सम्म तोकिएको छ । अवार्ड समारोहमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई दीर्घसाधना सम्मान प्रदान गरिनेछ । गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने देश विदेशका नेपाली संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई समेत अवार्डमा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

यसअघि यो अवार्डका संस्करण काठमाडौं, थाइल्याण्ड, सिंगापुर र मलेसियामा सम्पन्न भएका छन् । छैटौं संस्करण विशेष र भव्य बनाउने तयारीमा रहेको संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र ‘मालती मंगले’ लाई सबै दर्शकले हेर्न मिल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   4   =  

Protected by Spam Master