सुकुम्बासी बस्ती नहटाउन सर्बोच्च अदालतको अन्तरिम आदेश (आदेशसहित)

सुकुम्बासी बस्ती नहटाउन सर्बोच्च अदालतको अन्तरिम आदेश (आदेशसहित)

काठमाडौँ- सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयको विरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

आदेशमा निर्दिष्ट चरणबद्द प्रक्रिया अवलम्बन नगरी सुकुम्वासी तथा अव्यवस्थित वसोबासीलाई जवरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्न नगराउन भनिएको छ ।

साथै, हाल हटाइएका सुकुम्वासी तथा अव्यवस्थित वसोबासीलाई उनीहरुको आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्न आवश्यकता अनुसार प्रभावकारी रुपमा उपलब्ध गराउन पनि सर्वोच्चले आदेशमा भनेको छ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  तुइनखोलामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडक अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   6   =  

Protected by Spam Master