डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

पाटन– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनमा डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवारलाई चयन गर्न सुझाव दिनुभएको छ ।
आइसिटी फाउन्डेसन नेपालले आज ललितपुरमा आयोजना गरेको दशौँ संस्करणको ‘अवार्ड इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ सम्बन्धी कार्यक्रममा मन्त्री खरेलले आइसिटीको माध्यमबाट विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिन्छ भन्दै सूचना प्रविधिको उपयोगले गर्दा यसपटक बाढिपहिरोबाट पनि सम्भावित क्षति कम भएको बताउनुभयो ।
“म भदौ २३ गते सहिद भएका जेनजेड युवाहरूलाई सम्झिरहेको छु, सुशासन, डिजिटल नेपालको परिकल्पना, नेपाललाई नवप्रवर्तनको युगमा अगाडि बढाउने माग जेनजेड युवाहरूको थियो, अब सुशासनको जिम्मेवारी युवाहरूमा आउँछ, सरकार नवप्रवर्तन गर्ने युवाहरूको साथमा छ, कसरी नेपाललाई डिजिटल नेपालका रूपमा अगाडि बढाउने भनेर यस वर्षको आइसिटी विजेताहरूसँग सल्लाहसमेत लिनेछौँ”, उहाँले भन्नुभयो ।
मन्त्री खरेलले शिक्षा स्वास्थ, रोजगारी, सार्वजनिक सेवा र सरकारी कार्यालयहरूमा आइसिटीलाई उपयोग गरेर समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले १६औँ आवधिक योजनाले आइसिटीको माध्यमबाट लागत कम गर्दै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य राखेको बताउनुभयो । उहाँले सरकारले डिजिटल पूर्वाधारको विकासलाई जोड दिइरहेको बताउँदै राष्ट्रिय योजना आयोगले यसलाई सहयोग गर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकासले सुशासन, समावेशिता प्रवर्द्धनमा योगदान पुर्याइरहेको बताउनुभयो । उहाँले यस किसिमको कामले सूचना प्रविधिको क्षेत्रमा लागेकाहरूलाई प्रोत्साहन गर्दै नवप्रवर्तनको विकासमा प्रेरित गर्ने बताउनुभयो ।
आइसिटी अवार्डका अध्यक्ष राजन लम्सालले स्टार्टअफ र नवप्रवर्तन समेतलाई प्रोत्साहन गर्दै दशौँ संस्करणसम्म आइपुग्दा विभिन्न विधालाई समेटेर देश र देशबाहिर पनि विस्तार गर्दै काम गरिरहेको जानकारी गराउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ बैशाख ५, शनिबार १४:१९करिब ८ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारीमा मेटा
खेलकुद२०८३ बैशाख ५, शनिबार १३:४८कान्तिपुर हाफ म्याराथनको उपाधि राजन र सन्तोषीलाई
समाचार२०८३ बैशाख ५, शनिबार ११:०२आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ५, शनिबार १०:२५सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा








