रास्वपा सभापति रवि लामिछाने थुनामुक्त

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त हुनु भएको छ । सभापति लामिछाने रुपन्देही जिल्ला अदालत पुगेर कानुनी प्रत्रिया पुरा गरेसंगै थुनामुक्त हुनु भएको हो ।
काठमाण्डौबाट बिमानमार्फत चितवन पुग्नुभएका लामिछाने चितवनबाट स्थलमार्ग हुदैं भैरहवा पुग्नु भएको थियो । अदालतमा पुगेर बुटवल उच्च अदालत, तुलसीपुर ईजलासले दिएको आदेश अनुसारको कानुनी प्रक्रिया पुरा गरेपछि उहाँ थुनामुक्त हुनु भएको जिल्ला अदालत रुपन्देहीका सुचना अधिकारी पदम अर्यालले बताउनुभयो ।
सभापति लामिछाने भैरहवा पुगेपछि अहिले भैरहवामा रास्वपा सर्मथकको व्यापक भिड लागेको छ । श्रीमती निकिता पौडेल, रास्वपाका केही नेताहरूसंगै भैरहवा पुग्नु भएका लामिछानेले बिभिन्न स्थानमा जम्मा भएका नेता तथा कार्यकर्तालाई धन्यबाद सहितको सम्बोधन पनि गर्नुभयो ।सभापति लामिछानेलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिएको थियो ।
बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उहाँ आज रुपन्देही जानु भएको हो । उहाँलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी सस्था लिमिटेडको ठगी र संगठित अपराध मुद्दाको आरोपमा लामिछाने पुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २९, बुधबार ०६:१७उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने








