नेपालमा भित्रिए पर्यटक मार्चमा १५ हजार, ३३ हजार जनाको आगमन तीन महिनामा

नेपालमा  भित्रिए  पर्यटक मार्चमा १५ हजार, ३३ हजार जनाको आगमन  तीन महिनामा
Share this

करिब १५ हजार पर्यटक यही मार्च महिनामा नेपाल आएका छन् । मार्च महिनामा अध्यागमन विभागका अनुसार१४ हजार नौ सय ७७ जना पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये सबैभन्दा धेरै भारतबाट सात हजार ६ सय ५८ जना नेपाल आएको विभागले जनाएको छ ।

हवाइ मार्गबाट आउने भारतीयलाई सरकारले पर्यटक मान्दै आएको छ भने स्थलमार्गबाट आउने भारतीयलाई पर्यटक मान्दैन ।

त्यसतै अमेरिकाबाट १७ सय तीन जना, चीनबाट १२ सय सात जना, बेलायतबाट ६ सय ६५ जना, जर्मनीबाट दुई सय १३ जना र रुसबाट दुई सय ११ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२१ को तीन महिनामा नेपालमा झण्डै ३३ हजार पर्यटक आएका छन् । जनवरीमा आठ हजार आठ सय र फेब्रुअरीमा नौ हजार एक सय ४६ जना पर्यटक नेपाल आएका थिए ।

यस्तै मार्च महिनाभर हवाइ मार्ग हुँदै ७१ हजार दुई सय ७० जना यात्रु नेपाल आएका छन् । यसमध्ये ५६ हजार दुई सय ९३ जना नेपाली रहेको पनि अध्यागमन विभागले जनाएको छ ।

अन्तिम अपडेट: 2021-April-01 समय 7:02 PM

66 पटक पढिएको
Share this

Leave a Reply

Your email address will not be published. Required fields are marked *