अनमोललाई थुनाएका सुदर्शन थापाविरुद्ध पनि उजुरी, अहिले सम्पर्कबाहिर

काठमाडौं, २१ असोज । अभिनेता अनमोल केसीलाई थुनाएका निर्माता तथा निर्देशक सुदर्शन थापाविरुद्ध पनि उजुरी परेको छ। उनीविरुद्ध चलचित्र निर्माता सुदर्शन बस्नेतले उजुरी दिएको बताईएको छ । अहिले थापा सम्पर्कविहीन भएका छन् ।
यसअघि चलचित्र रावायणको लागि अनुवन्ध भएर १० लाख रुपैयाँ अग्रिम बुझेको र पछि चलचित्रमा काम नगरेको आरोपमा थापाले अनमोल केसीलाई पक्राउ गराएका थिए । प्रहरीले केसीलाई हाजिरी जमानीमा रिहा गरेको छ ।
चलचित्र प्रसाद–२ का निर्माण पक्षले यसअघि ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवाललाई पनि पक्राउ गराईसकेको छ । अदालतले अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास