चार फिल्म यो वर्ष रिलिज, तर आएनन् दर्शक

चार फिल्म यो वर्ष  रिलिज, तर आएनन् दर्शक

नेपाली चलचित्र बजार कोभिडको चरम प्रभावमा परेको यो वर्ष सुनसान नै रह्यो भन्दा फरक पर्दैन ।
करिब १० महिना लामो लकडाउनका कारण सुनसान बनेको चलचित्र क्षेत्र पुसदेखि चलमलाउने प्रयास गर्यो । विशेषगरी, चलचित्र निर्माणको काम कात्तिकबाट नै फाट्टफुट्ट रुपमा चले पनि माघ लागेपछि भने केही बढ्यो । तर, चलचित्र रिलिज भने यो वर्ष निकै कमजोर देखियो ।

माघ १ गतेबाट हल खुलेपछि मल्टिस्टारर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । तर, यो चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेन । शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, शक्ति श्रेष्ठ, कविता मानन्धरलगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले हलमा दर्शक फर्काउने अपेक्षा गरिएको थियो । तर, चलचित्रले दर्शक तान्न सकेन ।

चलचित्र ‘गोर्खे’ पनि यो वर्ष रिलिज भयो । तर, यो चलचित्रले पनि दर्शकलाई हलसम्म तान्न सकेन । चलचित्रको चरम अभाव भैरहेको समयमा यी चलचित्रले मल्टिप्लेक्समा राम्रो शोज त पाए । तर, दर्शकले चलचित्रप्रति रुचि देखाएनन् ।

यो वर्षको अन्तिम शुक्रबार अर्थात् आजबाट दुई वटा नेपाली चलचित्र रिलिज भएका छन् । कलाकार सन्दिप क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘श्री’ र नायक मुकेश ढकालको मुख्य भूमिका रहेको चलचित्र ‘गुड फ्रेन्ड्स’ आजबाट रिलिज भएका छन् ।

यो वर्ष कोरोनाको कहरका कारण पनि नेपाली चलचित्रले निक्कै ठूलो घाटा व्यहोरेको छ । तर, कोरोनाको दोश्रो चरणको लहर सुरु भएका कारण पनि अर्को वर्ष पनि चलचित्र क्षेत्रको अवस्था के हुने हो, अहिले नै भन्न सकिने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *