इजरायली सेना र हमासबीचको भिडन्त जारी, दुवैतर्फ ११ सयभन्दा बढीको मृत्यु, ४ हजार बढी घाइते

इजरायल-प्यालेस्टिनी लडाकु समूह हमासबीचको भिडन्त जारी छ । इजरायली सेनाले गाजापट्टीस्थित हमास लडाकुका केन्द्रहरुमा आक्रमण तीव्र बनाएको छ ।
इजरायली सेनाको आक्रमणमा परी चार सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । २३ सयभन्दा बढी प्यालेस्टिनीहरु घाइते भएका छन् । हमाससँगको युद्ध लामो र कठिन हुनसक्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताउनु भएको छ ।
प्यालेस्टिनी लडाकु समूह हमासले पनि इजरायली भूमिमा छिरेर छापामार शैलीमा कारवाही जारी राखेको दावी गरेको छ । इजरायलको दक्षिणी क्षेत्र माभ्किममा सशक्त कार्वाही गरेको हमासको दाबी छ ।
हमासको कारवाहीमा इजरायलतर्फ ७ सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । सुपरनोभा संगीत महोत्सव क्षेत्रमा मात्र २ सय ५० भन्दा बढी शव भेटिएको उद्धारकर्ताहरुले बताएका छन् ।
लडाकुको आक्रमणमा परी २ हजारभन्दा बढी इजरायली घाइते भएका छन् । सयौंको संख्यामा इजरायलतर्फका व्यक्तिहरुलाई बन्दी बनाएको बीबीसीले जनाएको छ ।
यसैबीच, अमेरिकाले पूर्वी भू-मध्यसागरमा विमान वाहक,जहाज र जेटहरू लैजादै गरेको जनाएको छ । इजरायललाई थप सैन्य सामग्री दिने उद्देश्यले ती उपकरण लैजान लागेको अमेरिकी अधिकारीहरुले उल्लेख गरेका छन् ।
भिडन्तमा आफ्ना नागरिक परे-नपरेको सम्बन्धमा अध्ययन गरिरहेको पनि अमेरिकी अधिकारीहरुको भनाइ छ ।
प्यालेस्टिनी लडाकु समूह हमासले इजरायल विरुद्ध हजारौंको संख्यामा रकेट प्रहार गरेपछि दुवै देश युद्धको अवस्थामा पुगेका हुन् ।
लडाकु समूहले एकै पटक विभिन्न ठाउँबाट जल,थल र हवाइ हमला गरेको हो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देश युद्धमा होमिएको घोषणा गर्नुभएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास