आईपीएलमा मुम्बईले चार विकेटले हरायाे चेन्नईलाई

आईपीएलमा मुम्बईले चार विकेटले हरायाे चेन्नईलाई

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई ईन्डियन्सले चेन्नई सुपर किङ्ग्सलाई चार विकेटले हराएकाे छ ।

शनिबार राति दिल्लीमा भएको खेलमा चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे ।

मुम्बईका केइरोन पोलार्डले अविजित रहँदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।

त्यसतै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन बनाए । कुनाल पाण्डेय ३२ रनमा आउट हुँदा हार्दिक पाण्डेयले १६ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।

उसका लागि रायडुले अविजित रहँदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले भने अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए ।

मुम्बईले जितसँगै ७ खेलमा ८ अङ्क जोडेको छ । मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै चेन्नईले ७ खेलमा १० अङ्क जोडेको छ भने शीर्ष स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *