अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना

काठमाडौँ- चीनमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी पर्नुभएको छ ।
छातीमा समस्या देखिएपछि गए राति उहाँलाई अस्पताल भर्ना गरिएको प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठको अवस्था हाल सामान्य रहेको पनि प्रेस सल्लाहकार गिरिलेे बताउनुभयो ।।
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’ भएको सचिवालयले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको छ ।
चीनको वेइजिङमा बिआरआई शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन उहाँ चीन जानुभएको हो ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार १८, बुधबार ००:३४चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ‘विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त’: पाठ्यक्रम विकास केन्द्र
समाचार२०८२ असार १७, मंगलवार २०:१५उपसभापति र महामन्त्रीको प्रस्तावमाथि नेताहरुले धारणा राख्ने क्रम आज पनि जारी
समाचार२०८२ असार १७, मंगलवार १६:४२६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
कला, विचार/मनोरञ्जन२०८२ असार १७, मंगलवार १६:०८नागरिकता विधेयक पारित भएपछि अभिनेत्री रेखा थापाद्वारा गृहमन्त्री लेखकलाई बधाई