अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना

Byअसल खबर

२०८० कार्तिक २, बिहीबार २०८० कार्तिक २, बिहीबार २०८० कार्तिक २, बिहीबार

काठमाडौँ- चीनमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी पर्नुभएको छ ।

छातीमा समस्या देखिएपछि गए राति उहाँलाई अस्पताल भर्ना गरिएको प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठको अवस्था हाल सामान्य रहेको पनि प्रेस सल्लाहकार गिरिलेे बताउनुभयो ।।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’ भएको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ  बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको छ ।

चीनको वेइजिङमा बिआरआई शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन उहाँ चीन जानुभएको हो ।।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  उज्यालो युवा समाज गल्छीको अध्यक्षमा हरिप्रसाद अधिकारी निर्वाचित