उत्तम र निरुताले सके ‘सारथी’को छायांकन

उत्तम र निरुताले सके ‘सारथी’को छायांकन

काठमाडौँ। अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सिनेमा ‘सारथी’ को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ । गत बैशाख १५ गतेबाट छायांकन सुरु भएको सिनेमाको एक महिनामा गुर्जा खानीको सम्पुर्ण छायांकन सकिएको हो ।

निर्देशक कुमार गजुरेलका अनुसार यो सिनेमाको अब काठमाडौंको एक दिनको छायांकन बाँकी छ । म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन सम्पन्न गरी निर्माण टिम काठमाडौं फर्किदा उत्साहित देखिएको हो ।

सिनेमाको प्रमुख आकर्षणका रूपमा करिब दुई दशकपछि वरिष्ठ कलाकार उत्तम प्रधान र निरुता सिंहको पुनर्मिलन रहेको छ । लामो समयपछि पुनः एकसाथ पर्दामा देखिएका यी दुई कलाकारको कमब्याकलाई सिनेमा क्षेत्र तथा दर्शकहरूले विशेष चासोका साथ हेरिरहेको दाबी निर्माण टिमको छ ।

सिनेमामा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कंडेल र धिरेन मोक्तान लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्‌को सहकार्य रहेको सिनेमाका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् । धिरज तामाङ र बेक बहादुर विश्वकर्मा सहनिर्माता तथा प्रदिप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता अनि अमीर केसी लाइन प्रोड्युसर रहेका छन् । यो सिनेमाको छायांकन संकल्प भुजेलले गरेका हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘आ बाट आमा २’ मा मल्लिका महत
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   6   =