बाटो बिराएका जनप्रतिनिधिहरुलाई कारबाही गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी

बाटो बिराएका जनप्रतिनिधिहरुलाई कारबाही गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी
Share this

एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका केहि नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए ।
बाटोमा रुमलियका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेका थियौं । तर अहिलेसम्म आयोगले सूचना जारी गरेन’, पोखरेलले भने । विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि यसबारे ध्यानाकर्षण गराएको उनले बताए ।

तर प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताएका थिए । केन्द्रीय कमिटीले कारबाही गरेको भनिए पनि प्रतिलिपी नआएकाले नेतालाई कारबाही गरिएको सूचना सार्वजनिक नगरेको उनले बताएका थिए ।

नेता पोखरेलले भने केन्द्रीय कमिटीले कारबाही गर्ने अधिकार अध्यक्षलाई दिएकाले कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । माओवादी छोडेर एमाले प्रवेश गरेका १८ जना बढी जनप्रतिनिधिलाई कारबाही गरिएको उनले बताए ।
आयोगले सूचना जारी नगरेसम्म जनप्रतिनिधि पदमुक्त नहुने कानुनी व्यवस्था छ ।

अन्तिम अपडेट: 2021-June-18 समय 4:25 PM

213 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com