भूकम्पपीडितलाई परामर्श सेवा

नेपालगन्ज, २१ कात्तिक । भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्स तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् ।
भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
डा लीला देवकोटा, डा प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाता कमलाकुमारी डाँगीलगायतले अस्पतालमा सेवा दिइरहेका छन् । अस्पताल परिसरमा भूकम्प उपचार कक्षसमेत स्थापना गरिएको छ । बाहिरबाट प्राप्त सहयोगको व्यवस्थापनका लागि उक्त कक्ष स्थापना गरिएको हो ।
भेरी अस्पताल नेपालगन्जमा हाल ४६ भूकम्पपीडितको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये दुई जना घर फर्किएका छन् । एक जनाको निधन भएको छ । हाल अस्पतालमा २० पुरुष र २६ महिलाको उपचार भइरहेको छ । अस्पतालमा जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितको उपचार भइरहेको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा अत्यधिक जनधनको क्षति भएको छ । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १६, बिहीबार १८:४७वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने
समाचार२०८२ श्रावण १६, बिहीबार १८:४५बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदान स्वीकार गर्ने
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १६, बिहीबार १७:५२ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ को नयाँ गीत रेकर्ड
समाचार२०८२ श्रावण १६, बिहीबार ०९:३०प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या: नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित