पाटन अस्पतालमा आकस्मिकबाहेकको सेवा ठप्प

काठमाडौं, कार्तिक २१ । ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ ।
गएको शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै सङ्घले विरोध जनाएपछि पाटन अस्पतालमा आकस्मिकबाहेकको सेवा ठप्प भएको छ।
पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको ज्यान गएको थियो । दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै ज्यान गएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा काम गर्ने वातारण नभएको भन्दै आकस्मिकबाहेकको सेवा ठप्प पारेका हुन्।
उनीहरूले चिकित्सकमाथि हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन्।
सङ्घका महासचिव डा सञ्जिव तिवारीले विज्ञप्ति निकालेर पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको ज्यान जानुको कारण निमोनिया भएको जनाएका छन् । निमोनियाको उपचारका लागि भर्ना भएका दुवै जना बिरामी अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत थिए ।
निमोनियाको सङ्क्रमणको उपचारका लागि उनीहरु दुवै जनालाई नियमित रुपमा चलाउँदै आइरहेको औषधि नै चलाइएको अस्पताल निर्देशक डा रवि शाक्यले बताएका छन्। औषधि चलाएको केही समयमै बिरामीको ज्यान गएकाले आफन्तले शङ्का गरेका भए पनि औषधिको कारण नभइ गम्भीर खालको निमोनियाका कारण उनीहरुको ज्यान गएको शाक्यले जनाएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल








