‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप

‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप

काठमाडौँ। गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत सिनेमा ‘काजी’ को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी लगायका कलाकारलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको काजीले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । सिनेमालाई उत्कृष्ट प्रतिक्रिया मिलेपछि अभिनेता विपिन कार्की प्रचार प्रसारमा निकै लागि परेका छन् । उनी एक्लै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। राम प्रसाद रिजालको प्रस्तुतिमा निर्माण भएको सिनेमाले ग्रामीण परिवेशको भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिमको दाबी छ । सिनेमाका निर्देशक लक्ष्मण रिजाल हुन् ।

असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रोडक्सन हेड प्रकाश हमाल, विपीन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ। प्रदीप भारद्धाजको कथा लेखन रहेको सिनेमाका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   10   =