चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार आरएए डिजिटल नेपाल मार्फत एक्सन प्याक ट्रेलर रिलिज गर्दै दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता थप बढाएको हो । ३ मिनेट १३ सेकेन्ड लामो ट्रेलरले बदलाको कथा भन्छ। एक्सन जनराको ट्रेलरले दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क देखिएको छ।

‘कुम्भ’ एक्सन तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ लगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको लेखन, निर्देशन, छायांकन तथा सम्पादन रन्धिर श्रेष्ठ स्वयंले गरेका हुन् । चलचित्रमा सम्राट बस्नेत, प्रदीप खड्का (भारत), सञ्जय थापा र कुमार महर्जन को एक्सन निर्देशन रहेको छ भने कोरियोग्राफी रोबर्ट सिंहले गरेका छन् ।

आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र आगामी मे २९ अर्थात् जेठ १५ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रको यस अघि सार्वजनिक गीत र टिजरले राम्रो चर्चा पाउन सफल भएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   9   =