नियमित खोपले शुक्लाफाँटामा बालमृत्यु दर शून्य

कञ्चनपुर, २१ कात्तिक । शतप्रतिशत बालबालिका नियमित खोपमा पहुँच पुगेपछि शुक्लाफााटा नगरपालिकामा बालमृत्यु दर शून्यमा झरेको छ । खोप लिनुपर्ने उमेर समूहका ९८ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । खोप पाएका बालबालिकामा सुस्त विकास र विकलाङ्गताका समस्या हटेको छ ।
गर्भमा रहेको ४२ दिन र जन्मिएको २८ दिनभित्र मृत्यु हुने नवजात शिशुको सङ्ख्या शून्य छ ।
नगरपालिकाको स्वास्थ्य शाखका प्रमुख परमानन्द भट्टका अनुसार खोप वितरण प्रणालीलाई सुदृढिकरण गरी सेवालाई दीगो रुपमा विस्तार गरिएपछि बालमृत्युको समस्या हटदै गएको हो ।
“बाल मातृ मृत्युदर शून्यमा झार्नमा आमा समूह, महिला स्वास्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका छ”, उनले भने, “नियमित खोप कार्यक्रमको प्रभावकारिता उहाँहरुकै कारणले भएको छ, खोपकै कारण बालबालिकाको जीवन रक्षा गरी औषत आयुमा वृद्धि भएको छ ।” जन्मेदेखि १५ महिनासम्मका बालबालिकलाई नियमित खोप लगाइने गरिन्छ । उनका अनुसार २३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिकाको सङ्ख्या आठ सय ६८ छ ।
“खोप लगाउने कामलाई निरन्तररुपमा अगाडि बढाउँदै आएका छौँं”, नगरपालिकाका स्वास्थ्य शाखका प्रमुख भट्टले भने, “दसैँ बिदाका बेला पनि खोप लगाएका छौँ ।”
खोपसँगै केन्द्रमा पुग्ने आमाहरुलाई स्वास्थ्य प्रवद्र्धन अन्तर्गतका सरसफाइ, पोषण, खोपका फाइदालगायतका बारेमा छलफल कार्यक्रम गरी सचेत पार्ने काम भइरहेको छ । “बसाइँ सारेर आएकाहरुको खोजी गरी खोप लगाउने उमेरका बालबालिकालाई खोप लगाउने काम पनि भइरहेको छ”, उनले भने, “सरकारको प्राथमिकतमा रहेको खोप कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखाको सबैभन्दा सफल कार्यक्रमका हो ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार २०:१२नविनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले भोलि शपथ लिने
समाचार२०८२ चैत्र १०, मंगलवार १७:१२गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न
समाचार२०८२ चैत्र १०, मंगलवार १६:५०कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
समाचार२०८२ चैत्र १०, मंगलवार ११:४३सुन तोलामा एक हजार छ सयले घट्यो








