युद्धको चेपमा नेपाली : रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु

युद्धको चेपमा नेपाली : रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु

काठमाडौं – रुसी सेनामा कार्यरत ६  जना नेपालीको मृत्यु भएको  छ । परराष्ट्र मन्त्रालयले सोमवार एक विज्ञप्तिमार्फत रुसी सेनामा कार्यरत रहदा निधन भएका ६ जना नेपालीहरुको नाम सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार मृत्य हुनेमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की वाणगंगा १, कपिलवस्तु, देवान राई पोखरा, कास्की, पितम कार्की पुतलीबजार-५, स्याङ्गजा, राजकुमार रोका मेलुङ्ग-६, दोलखा र गंगाराज मोक्तान इलाम-५, इलाम रहेका छन् ।

विज्ञाप्तिमा रुसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको छ ।

सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन  रुससमक्ष अनुरोध गरेको छ ।

त्यस्तै रुसी सेनामा भर्ना भइ युक्रेनमा बन्धक बनाइएका नेपाली विवेक खत्रीलाई नेपाल फर्काउने पहल भइरहेको समेत मन्त्रालयले जानकारी गराएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  गृहमन्त्री लामिछानेको प्रश्न,जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो?