खरेल निर्देशित चलचित्र ‘चिट्ठी’ को पहिलोे गीत सार्वजनिक

काठमाण्डौ। चलचित्र चिट्ठीको पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक गरिएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको चलचित्रको सार्वजनिक गीतमा गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दर चना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।
कमेडी जनरामा बनेको चलचित्र ‘चिट्ठी’ मा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई,नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रलाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन भने सम्पादन माधब खरेल र अच्यूत बजगाईले गरेका छन्। समिर मिँयाको कलर संयोजक तथा भिएफ्एक्स पुस्कर खत्रीले गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ गरेका हुन ।
मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गरेका हुन् भने ५.१ साउण्ड मिक्सिङ अमित श्रेष्ठ, श्रृंगार नरेश खरेल, द्धन्द निर्देशन किरण दाहालले गरेका हुन् । चलचित्रको सह निर्माताको रुपमा अनिता कुँवर, समिर खान र कृष्णादेबी आचार्य रहेका छन् ।
काठमाण्डौ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको चलचित्र ‘चिट्ठी’ को पोष्ट–प्रोडक्सनको सम्पुर्ण कार्य सकाएको निर्माण कम्पनीले प्रदर्शन मिति भने छिट्टै तोकिने बताएकोे छ । एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रलाई संचारकर्मी कमला जोशीले निर्माण गरेकी हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री
समाचार२०८३ असार १, सोमबार ११:२८धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन
खेलकुद२०८३ असार १, सोमबार १०:३१ट्युनिसियामाथि स्वीडेनको जित « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ ३१, आईतवार २०:५०धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन









