दीपक श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र घिन्ताङ’को छायांकन आउँदोे सातादेखि

दीपक श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र घिन्ताङ’को छायांकन आउँदोे सातादेखि
Share this

असल खबर -निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र घिन्ताङको छायांकन आउदो भदौ २६ गतेबाट सुरु हुने भएको छ । वैशाखबाट नै सुरु हुन लागेको चलचित्रको छायांकन निषेधाज्ञाका कारण रोकिएको थियो । तर,अहिले जिल्ला प्रशासन कार्यलयले चलचित्र छायांकनका लागि अनुमती दिएपछि दीपक टिम लिएर फिल्डमा निस्कन लागेको हुन् । यस चलचित्रमा केकी अधिकारी र गौरव पहारी मुख्य भूमिकामा देखन पाइने छ ।
चलचित्रकोे काम रोकिएपछि दीपक म्यूजिक भिडियो निर्देशनमा व्यस्त हुन थालेका छन् । उनले, निर्देशन गरेको ‘जोेड घटाउ’ बोेलको गीतको भिडियो सार्वजनिक भैसकेको छ ।
उनै, दीपकले नायक पुष्प खड्कालाई लिएर अर्को एक गीतको म्युजिक भिडियो पोखरामा खिचेका छन् । ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश एक गीतको भिडियोे २ दिन लगाएर पोखरामा खिचिएको दीपकले बताए । दीपक अब भने चलचित्रको छायांकनमा जाने तयारी गरेको बताउँछन् ।
कुनै समय नेपाली चलचित्र क्षेत्रमा सुपरहिट चलचित्र दिएका दीपक चलचित्रमा कमब्याकको तयारीमा छन् ।

 

अन्तिम अपडेट: 2021-September-08 समय 1:26 PM

60 पटक पढिएको
Share this