लिभरपुल विजयी इङ्ग्लिस प्रिमियर लिगमा

लिभरपुल विजयी इङ्ग्लिस प्रिमियर लिगमा
Share this

असल खबर-गएराति भएको खेलमा इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
लिभरपुलले १० खेलाडीमा सीमित लिड्स युनाइटेडलाई पराजित गरेको हो । लिभरपुलका लागि मोहमद सलाह, फाबिन्हो र साडियो मानेले एक/एक गोल गरे । सलाहले प्रिमियर लिगमा एक सय गोल पूरा गरेका छन् ।
जित भएसँगै ४ खेलमा १० अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ भने लिड्स युनाइटेड २ अङ्क जोडेर १७ औं स्थानमा छ ।

अन्तिम अपडेट: 2021-September-13 समय 8:15 AM

32 पटक पढिएको
Share this