Home समाचार हात्ती तथा पर्यटन महोत्सव : साठी हात्तीलाई एकै ठाउँमा वनभोज

हात्ती तथा पर्यटन महोत्सव : साठी हात्तीलाई एकै ठाउँमा वनभोज

4
Google search engine

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को चौथो दिन शुक्रबार भव्य कार्यक्रमका बीच हात्तीलाई वनभोज खुवाइएको छ ।

सौराहा क्षेत्रमा पालिएका सरकारी तथा व्यक्तिगत हात्तीहरूलाई विभिन्न फलफूलसहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।
क्षेत्रीय होटल संघ चितवनको अयोजनामा पौष १० गतेदेखि आयोजना गरिएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’मा हात्तीलाई चामल र भेलीको खिर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिनुभयाे ।
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पुस १० गते उद्घाटन गर्नुभएकाे महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता र डुंगादौड प्रतियोगिता सम्पन्न भइसकेकाे छ ।

हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेकी थिइन् भने डुंगा दौडमा कालिका नगरपालिका प्रथम भएको थियो ।

महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनमा ‘पर्यटनको सम्भावना र चुनौती’सम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिनुभयाे ।
महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्वधनात्मक कार्यक्रमलगायतका कार्यक्रम समावेश छन् ।

महोत्सव सुरु भएपछि गन्तव्य अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ ।

अंग्रेजी नयाँ वर्षमा यहाँ आएका पर्यटकहरू स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूले सौराहामा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन् ।

कोरोनाका कारण तीन वर्ष रोकिएको चितवन हात्ती महोत्सवका गतिविधिलाई केही परिमार्जन गरी फेरि सुरु गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयाे ।
चालु आर्थिक वर्ष सुरु भएपछि सौराहामा दैनिक एक हजार २०० बढी पर्यटक भित्रिको तथ्याङ्क छ ।
कोरोना महामारीपछि सबैभन्दा धेरै विदेशी पर्यटक अहिले आएको संघका अध्यक्ष गिरीले बताए । अहिले सौराहाका होटलहरू भरिभराउ छन् ।
महोत्सवका कारण विदेशी पर्यटकहरूले बसाई लम्ब्याएका छन् भने स्वदेशी पर्यटकहरू दुई रात चार दिन बस्ने गरी सौराहा आएको अध्यक्ष गिरीले जानकारी दिनुभयाे ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह–आयोजक रहेको यो महोत्सवमा नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय प्रवद्र्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् । महोत्सव भोलि समापन हुदैछ। ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here