अफगानिस्तानले अमेरिकालाइ लगायो आरोप आफ्नो आकाशमा ड्रोन गस्ती गरेको

अफगानिस्तानले अमेरिकालाइ लगायो आरोप आफ्नो आकाशमा ड्रोन गस्ती गरेको
Share this

असल खबर-अफगानिस्तानले अमेरिकालाइ आरोप लगाएको छ कि आफ्नो आकाशमा ड्रोन गस्ती गरेको भन्ने पाइलटबिना ड्रोन गस्ती रोक्न अमेरिकालाई आग्रह समेत गरेको बख्तर न्यूज एजेन्सीले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी अमेरिकालाई अफगान सरकारले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरिएको छ । अमेरिकाले ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको त्यहाँका अधिकारीहरुले टिप्पणी गरेका छन् । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस लडाकुहरूले गतिविधि सञ्चालन गर्नसक्ने भन्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियालीरहेको अफगान अधिकारीहरुलाई उद्धृत गरी बख्तर न्यूज एजेन्सीलले जनाएको छ । एजेन्सी 

अन्तिम अपडेट: 2021-September-29 समय 7:40 AM

117 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media