आईसीसी यू–१९ क्रिकेट: नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगितामा अन्तर्गतत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जीतमा अजान अनाइसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६३ रन बनाए ।
खेलमा नेपालका लागि आकाश चन्दले ३ तथा आकाश त्रिपाठी र दीपेश कँडेलले १। १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा १ सय ९७ रन बनाएको हो ।
नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २०, गुलशन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाए ।
बलिङमा पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिए। अहमेद हुसेन र उवइद शाहले २(२ तथा खुबैब खालिल, अलि अस्फन्ड र मोहमद जीसानले १(१ विकेट लिएका थिए । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १९, मंगलवार २१:२८माओत्से गुरूङको ‘पेन्सन पट्टा’ वितरण आरआर फिल्म्समार्फत
समाचार२०८२ कार्तिक १९, मंगलवार २०:४४नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन
समाचार२०८२ कार्तिक १९, मंगलवार १६:२१दश जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १९, मंगलवार १३:२१‘पाँच पाण्डव’ को शुभमुहूर्त,हरिवंश र दीपा श्री मुख्य भूमिकामा







