रुसले युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दी बोकेको एक सैन्य विमान खसालेको आरोप लगाएको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ ।
रुसको पश्चिमी बेलगोरोड क्षेत्रमा एउटा विमान आगो लागेर दुर्घटनाग्रस्त हुनुअघि आकाशबाट खस्दै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।
रुसको रक्षा मन्त्रालयले आइएल–७६ विमानले ६५ जना युक्रेनी बन्दी सैनिक, ६ चालक दल र ३ एस्कर्ट गरी ७४ जनालाई लैजाँदै गरेको जनाएको छ ।
खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको भन्दै मन्त्रालयले सो घटनालाई ‘आतङ्कवादी कार्य’ भनेको छ । तर युद्धबन्दीसँग सम्बन्धित युक्रेनी निकायले भने घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सुरुमा हतियार बोकेको रुसी जहाज युक्रेनले खसालेको समाचार युक्रेनी मिडियाले प्रचार प्रसार गरेपनि पछि भने समाचारहरु हटाइएको थियो ।
दुर्घटना बुधबार बेलगोरोडको सीमामा बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो । विमान दुर्घटनाका बारेमा विभिन्न आशंकाहरु उव्जिएका छन् ।
युद्धबन्दीहरूको मुद्दा दुवै मुलुकमा संवेदनशील छ । पूर्णस्तरमा शत्रुता भएपनि करिब दुई वर्षअघि युद्ध सुरु भएपछि दुवै पक्ष ४९ बन्दी आदानप्रदान गर्न सफल भएका थिए ।
युक्रेनका अनुसार सर्वसाधारणहित ८ हजारभन्दा बढी युक्रेनी रुसी बन्दीगृहमा रहेका छन् । सन् २०२२ मा रुस र युक्रेनले एकअर्कामाथि पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा क्रेमलिन नियन्त्रित ओलेनिभ्कामा समातिएका दर्जनौँ युक्रेनी सैनिकलाई राखिने कारागारमा घातक बमबारी गरेको आरोप लगाएका थिए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
- समाचार२०८१ मंसिर १, शनिबार १८:५९बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न
- समाचार२०८१ कार्तिक २३, शुक्रबार १६:४२जल्पादेवी महिला उद्धार समुहको अध्यक्षमा दुर्गा अधिकारी
- समाचार२०८१ कार्तिक ९, शुक्रबार १४:०६चापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा सुरु